Section 36
सवारी धनीको ठेगाना बदलिएमा सूचना गर्नुपर्ने
(१) यस ऐन बमोजिम दर्ता भएको कुनै सवारीको धनीको स्थायी ठेगाना बदलिएमा एक महीनाभित्र दर्ताको प्रमाणपत्र समेत संलग्न राखी सो कुराको सूचना अधिकार प्राप्त अधिकारीलाई दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको सूचना प्राप्त भएपछि अधिकार प्राप्त अधिकारीले दर्ताको प्रमाणपत्रमा नयाँ ठेगाना जनाई दर्ता किताबमा समेत सच्याउनेछ ।